
‘जेनजी’ आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा ३४ जनाको मृत्यु भएकाे छ । दुइ दिनसम्म चलेकाे आन्दोलनमा परी उनिहरूकाे मृत्यु भएकाे हाे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ‘जेनजी’ आन्दोलनमा ३४ जनाको मृत्यु हुनुका साथै विभिन्न अस्पतालमा १ हजार भन्दा बढी घाइतेको उपचार भएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र १ हजार ३ सय ६८ जनाको उपचार भएको बताइएकाे छ ।
मन्त्रालयले उक्त विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ । जसअनुसार निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा २, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १, बयोधा अस्पतालमा २, फ्रन्टलाइन अस्पतालमा ३ जना रहेका छन् ।
त्यसैगरि बी एन्ड सी अस्पताल विर्तामोडमा १, विर्तासिटी अस्पतालमा १, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २ र भेरी अस्पतलालमा ५ गरी ३४ जनाको मृत्यु भएको जनाइएको छ । त्यसैगरी अहिले ३ सय २१ जना घाइतेको भर्ना भएर उपचार भइरहेको छ ।