Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

लुटिएका हातहतियार फिर्ता गर्न र प्रहरी पोशाकको दुरुपयोग नगर्न आग्रह

२६ बिहिबार , भाद्र २०८२एक बर्ष अगाडि

लुटिएका हातहतियार फिर्ता गर्न र प्रहरी पोशाकको दुरुपयोग नगर्न आग्रह

नेपाल प्रहरीले जेन–जी आन्दोलनका क्रममा लुटिएका हातहतियार बुझाउन अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै प्रदर्शनका क्रममा प्रहरीलगायत सुरक्षा निकायका नियन्त्रणमा लिइएको हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरु फिर्ता गर्न आग्रह गरेको हो ।

कतै ती सामग्री फेला परेमा स्थानीय प्रहरी वा सुरक्षा निकाय, जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १००, टोल फ्रि नम्बर १६०००१४१५१६ वा प्रहरी प्रधान कार्यालयको ९८५१२९३४५९ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

साथै, आन्दोलनका क्रममा प्रदर्शनकारीले नियन्त्रणमा लिएको प्रहरीको पोशाकको दुरुपयोग नगर्न र सोसँग सम्बन्धित सूचना भएमा उपलब्ध गराउन पनि आम सर्वसाधारणलाई अपिल गरिएको छ ।