Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

त्रिविकाे पठनपाठन कात्तिक १० गतेसम्म बन्द

२६ बिहिबार , भाद्र २०८२१५ घण्टा अगाडि

त्रिविकाे पठनपाठन कात्तिक १० गतेसम्म बन्द

मुलुककाे विद्यमान असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । त्रिविले हिउँदे बिदामा कटौती गर्नेगरी  कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको हाे ।  

देशकाे विद्यमान असामान्य परिस्थितिका कारण विश्वविद्यालयले बिदा दिएको विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्लीथापा क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएकाे छ ।

उक्त सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ सँगै ९ गते बिदा दिई कात्तिक ११ गतेदेखि मात्र नियमित पठनपाठन हुने जनाइएको छ । त्रिविले दिएकाे बिदाकाे बीचमा दशैँ, तिहार र छठ पर्वको बिदा समेत परेको छ ।