Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ओलीको सत्ता टिकाउने गैंडा कूटनीति

२७ सोमबार , असार २०७३८ बर्ष अगाडि

 एउटा किने एउटा फ्री भन्ने फुटपाथे बजारलाई पनि माथ गरेर चीनले ३ वटा किने दुईवटा फ्री (बाई थ्री, गेट २) भन्ने सस्तो प्रचारमा नेपाललाई लोभ्याएर फसाएको छ। नेपालले ३ थान मेड इन चाइना जहाज खरिद गर्न २ अर्व ५० करोड बैना गरेर चीनलाई ३ थान जहाजको अर्डर गरेको हो। हौसिएको चीनले वाई १२ र एमए ६० मोडलका जहाज निर्माण गर्दागर्दै वाई १२ का दुई थान सित्तैमा नेपालले पाउने जहाज पठाइदियो। ती जहाज उड्न त उडे तर जहाज चलाउने पाइलट र जहाजको मर्मत खर्च तथा बिमा रकम यति बढी लागत निस्क्यो कि नेपाल एयरलाइन्सले अरु जहाजबाट कमाएको सम्पत्ति चाइनिज जहाजमै खर्च गर्नुपर्ने भयो। धेरै समय एयरपोर्टको हैंगरमा पार्किङ गरेर राखिने र कहिले कहिले चलाउँदा पनि नोक्सान बढी हुँदा चाइनिजले दिएको सित्तैको दुईथान जहाज मेड इन चाइना, आज छ भोलि छैन हुनपुगेको छ।

चीनले नेपाललाई मूल्य लिएर विक्री गर्ने जहाज तैयार भयो, लिन आउनु भनेर खबर पठाएको पठ्यै छ, नेपाल एयरलाइन्स लिन जाने कि नजाने भनेर नेपाल सरकारलाई सोधेको सोध्यै छ, क्याविनेटले निर्णय नै लिन सकेको छैन। नल्याउँ सुधि्रएको सम्बन्ध बिग्रने, ल्याउँ सेतो हात्ती चलाउने कसरी, चलाए खर्च बेहोर्ने कसरी? कस्तो आपत पर्‍यो।

पहिले पहिले राणाहरुले कसैलाई बिगार्नु पर्‍यो भने हात्ती उपहार दिन्थे। हात्तीलाई ख्वाउँदै र पालनपोषण गर्दैमा हात्ती उपहार पाउने मगन्ते बन्थ्यो। ठ्याक्कै त्यही रणनीति चीनले नेपालमाथि अपनाएको छ। चाइनिज जहाज नेपालका लागि घाँडो शिद्ध भइसक्यो, अव थप ३ थान जहाज खरिद गरेर ल्याउने हो भने झिकिदे गाँडभन्दा थपिदे गाँण हुने निश्चित छ भन्छन्, हवाई विज्ञहरु।

चाइनिज जहाजकै कारण नेपाल एयर युरोपको कालोसूचीमा पर्‍यो। एयरवस किनेर पनि कालोसूची हटेको छैन, अव भएको दुईथान बोइङ बेचेर वाइड बडी भएको एयरबस किन्ने फाइल अघि बढिसकेको छ। यसबाट बाँकी अर्को बोइङ ७५७ नबेचेसम्म र खर्च ज्यादा आउने एयरवस नेपालले नभिरेसम्म कालोसूची हट्ने छाँटकाँट देखिन्न।

aचाइनिज जहाज बिस्थापन गर्न अमेरिका र युरोपको कूटनीतिक जोल्ट जारी नै छ। यो अवस्थामा नेपालले कसरी एयरलाइन्सलाई मजबुत बनाउने भन्ने समस्या बढेको छ। हो, जहाज खरिद विक्री गर्दा सत्तासिनहरुलाई, पदाधिकारीहरुलाई कमिशनको चास्नीको गुलियो त आउँछ, मूल्य जनताले चुकाउनु पर्नेछ।आफ्नो सरकार टिकाउन दुईपटक चीनले माओवादीका अध्यक्ष प्रचण्डलाई कर्‍यापझ्याप पारेको खुशी जाहेर गर्दै प्रधानमन्त्री केपी ओलीले दुईजोडी गैंडा (केटाकेटी) चीनलाई उपहार दिने निर्णय लिएका छन्। सरकार टिकाउने यो गैंडा कूटनीति भनेर चर्चित प्रसङ्गले नेपाल–भारत सम्बन्धमा थप चिसोपन थपिने हो कि भन्ने जोखिम पनि देखिन्छ। चीनलाई बढी छुट दिएर र चीनतिर बढी ढल्किएको सरकार भनेर सरकार बदनाम भइसकेको छ। परम्परागत समदूरीको नीतिमा विचलन आएको अनुभव कूटनीतिज्ञहरुले पनि गरेका छन्। त्यसै पनि अमेरिका, भारत चीनविरुद्ध भित्रभित्रै सल्किएको स्थिति र नेपाल सरकार चीननिर्भर र जनविरोधी रुपमा यसैगरी अगाडि बढ्ने हो भने नेपाल विश्वसमुदायमा एक्लिने खतरा पनि छ। त्यसै पनि दूतावासहरु बिस्तारै दिल्लीकेन्द्रित हुनथालिसकेका छन्। किन? यसको विश्लेषण भएकै छैन।

जतिसुकै लोकतन्त्रको बहानाबाजी गरे पनि नेपालमा लोकतन्त्र कम र निरंकूशतन्त्र ज्यादा छ, दण्डहीनता र मानवाधिकारको रक्षा हुनसकेको छैन भन्ने अनेक रिपोर्टहरु सार्वजनिक भइरहेका छन्। स्थितिलाई कावुमा लिन र विश्व समाजमा नेपालको व्यक्तित्व निर्माण गर्ने सोच, रणनीति केही पनि देखिन्न। दुईजोडी गैंडा उपहार दिएर नेपाल चीन सम्बन्ध सुध्रन्छ कि कम्युनिष्ट भाइचारामात्र देखिएला?