
रामेछापकाे जिल्ला कारागारमा रहेका कैदीबन्दिहरु भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ । कारागार भित्र रहेका कैदीबन्दिहरुले जेलको भित्रि गेट तोडेर बाहिरी गेट तोड्न लागेपछि सेनाले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा ३ जनाको मृत्यु भएको हो ।
बिहानै भएकाे घटनामा गोली लागेर १३ जना कैदीहरू घाइते भएको र उनिहरूलाई उपचारकाे लागि अस्पतालमा ल्याइएकाेमा घाइते मध्ये ३ जना मृत्यु भएको रामेछाप अस्पतालले जनाएको छ ।
गोली लागेका अन्य १० जना घाइते कैदीहरूको रामेछापमा जिल्ला अस्पतालमा उपचार भइरहेकाे प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन् । रामेछाप कारागारमा ३ सय ३५ जना कैदीबन्दिहरु रहेका छन भने अहिले स्थिति नियन्त्रणमा आइसकेको रामेछाप प्रशासनले जनाएको छ ।