Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

जानकी मातालाई साक्षी राखेर सपथ ग्रहण

२६ बिहिबार , भाद्र २०८२२० घण्टा अगाडि

जानकी मातालाई साक्षी राखेर सपथ ग्रहण

जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पताल इकाई समितिको नयाँ कार्यसमितिका पदाधिकारीहरूले जानकी मातालाई साक्षी राखेर सपथ लिएका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ‘अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति जनकपुरधाम’ को नयाँ कार्यसमितिका पदाधिकारीहरूले सपथ लिएका हुन् । शनिबार डा. अनिलकुमार ठाकुर नेतृत्वको नवगठित कार्यसमितिका पदाधिकारीहरूले आफूहरूको पाएको जिम्मेवारी इमान्दारीका साथ बहन गर्ने प्रतिबद्धतासहित सपथ लिएका छन् । समितिका उपाध्यक्षमा डा. राजेशकुमार शाह, सचिवमा अजितकुमार तिवारी, सह–सचिवमा ई. पवनकुमार महतो र कोषाध्यक्षमा किरण यादव रहेका छन् । यसैगरी, सदस्यहरूमा डा. रमेश यादव, डा. कुन्दन मिश्र, रुबी साह, विभा कर्ण, पुनम ठाकुर, कौसिल्या तिमिसिना, विना साह, अशोककुमार यादव, श्रीचन मण्डल र बंकर मेस्तर रहेका छन् । त्यस्तै, सल्लाहकारमा पूर्वअध्यक्ष डा. रबिन्द्रकुमार सिंह र कानुनी सल्लाहकारमा एम. के. झा रहेका छन् । नयाँ कार्यसमितिले कर्मचारीहरूको हक, अधिकार र कर्तव्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ । यसैबीच, निजामती कर्मचारी बाहेक मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीलाई विधानअनुसार शुल्क लिएर सदस्यता वितरण समितिले जनाएको छ ।