
देशकाे जटिल परिस्थितिमा अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न नेपाली सेनाले आह्वान गरेको छ । सेनाले विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य संघसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय एवं सहजीकरण गर्न आह्वान गरेको हो ।
अलपत्र परेका विदेशी नागरिकलाई दशेकाे जटिल परिस्थितिका कारण अलपत्र अवस्थामा रहेकाे र उद्धारलगायत कुनै पनि सहयोगको प्रतीक्षामा बसेका विदेशी नागरिकहरुलाई नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्न सेनाले आज एक सूचना जारी गर्दै अनुरोध गरेको छ ।
भदाै २३ र २४ गते जेनजीले आयाेजना गरेकाे प्रदर्शनका कारण देशभर प्रभाव परेकाे र जसका कारण यातयात तथा हवाइ सेवा समेत बन्द रहेकाले उक्त परिस्थितिमा अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न सेनाले आह्वान गरेको हाे ।