
जेनजीकाे प्रदर्शनका कारण मंगलबारदेखि बन्द रहेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ ६ बजेसम्म नखुल्ने भएकाे छ । विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुवाँको मुस्लो बढेपछि उडान बन्द गरिएकाे हाे ।
मंगलबार दिउँसाेदेखि बन्द भएकाे विमानस्थल आज मध्यान्न १२ बजेदेखि खाेल्ने भनिएकाे भएपनि उपत्यकाको आकाशमा धुवाँको मुस्लो बढेपछि साँझसम्मका लागि बन्द गरिएकाे हाे । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको बताइएकाे छ ।
तर, आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएकोमा विमानस्थल सञ्चलन नहुँदा हवाई यात्रु अलपत्र परेका छन् ।