Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

डिल्लीबजारका कैदीबन्दीहरु भाग्ने प्रयास

२५ बुधबार , भाद्र २०८२२ दिन अगाडि

डिल्लीबजारका कैदीबन्दीहरु भाग्ने प्रयास

काठमाडौंकाे डिल्लीबजारस्थित कारागारबाट कैदीबन्दी भाग्ने प्रयास गरेसँगे नेपाली सेनाले हस्तक्षेप गरेको छ । कैदीबन्दीले कारागारभित्र तोडफोड र आगजनी गरेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले हस्तक्षेप गरेको हाे ।

जेनजीकाे प्रदर्शनकाे क्रममा देशभरका कारागारबाट कैदीबन्दी भाग्ने लहर चलेसँगै काठमाडौंका डिल्लीबजारका कैदीबन्दीहरुले पनि भाग्ने प्रयास गरेका हुन् । उनीहरूले कारागारभित्र तोडफोड र आगजनी गरेर भाग्ने प्रयास गरेकाे बताइएकाे छ ।

अहिले कारागारभित्र आगो लागिरहेको छ भने बाहिर सेनाको कडा तैनाथी रहेकाे छ । यता कारागारभित्रका कैदीबन्दीहरुले आफूहरू पनि भाग्न पाउनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् ।