
काठमाडाैँ र भक्तपुरकाे विभिन्न स्थानबाट लुटपाटमा संलग्न रहेकाे अभियोगमा २६ जनालाई पक्राउ गरेको छ । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट गरेको अभियोगमा २५ जनालाई पक्राउ गरेको हाे ।
काठमाडाैँकाे होटल हायात र बौद्ध इलाकाबाट र भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
त्यसैगरी काठमाडाैँकाे नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न ५ जनालाई पनि सेनाले पक्राउ गरेको बताइएकाे छ ।