
काठमाडौंका सडकहरूमा गएराति १० बजेबाट नेपाली सेनाले गस्ती गरिरहेको छ । सर्वसाधारणहरूलाई विना काम घर बाहिर ननिस्किन आग्रह गर्दै गस्ती गरिरहेकाे हाे ।
हिँजाे भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएकाे हाे । अहिले सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ।
सेनाले आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । प्रदर्शनकारीले आगो लगाएको संसद भवन, सिंहदरवार लगायतमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएकाे छ भने अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित भएका छन् ।