Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुद्वारा प्रधानमन्त्रीको राजीनामा माग

२४ मंगलबार , भाद्र २०८२३ दिन अगाडि

प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुद्वारा प्रधानमन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुकाे बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले जेन–जी आन्दोलनमाथि सरकारले गरेको दमनलाई इतिहासकै सर्वाधिक बर्बर रहेको ठहर गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा मंगलवार बिहान बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हाे । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टीका उपमहासचिव वर्षमान पुनले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरिएको बताए ।

जेन–जी युवाहरुको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको बताउँदै उनले युवाहरूको स्वतस्फूर्त आन्दोलनलाई कुनैपनि पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्न नहुने बताएका छन् । घटनाको सत्यतथ्य छानविन गरी दोषिमाथि कारबाही गर्न र युवाहरुको माग सम्बोधन गर्न आवश्यक वार्ता गर्न पनि बैठकले माग गरेको छ ।