Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

बिहानैदेखि कलंकीमा टायर बालेर प्रदर्शन सुरु

२४ मंगलबार , भाद्र २०८२३ दिन अगाडि

बिहानैदेखि कलंकीमा टायर बालेर प्रदर्शन सुरु

हिँजाेकाे शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमनबाट १९ जना जेनजी प्रदर्शनकारीको मृत्यु भएपछि कलंकीमा आज बिहानै टायर बालेर प्रदर्शन सुरु गरिएको छ । जिल्ला प्रशासनले बिहानैदेखि कर्फ्यू आदेश जारी गरेपनि स्थानीयहरु घर-घरबाट निस्केर टायर बालेर सरकारविरोधी प्रदर्शन सुरु गरेका हुन ।

जेनजी प्रदर्शनमा प्रहरी दमनबाट १९ जना जेनजी प्रदर्शनकारीको मृत्यु र ४०० भन्दा बढी घाइते भएपछि प्रदर्शनकारीहरू सरकारविरुद्ध आक्रोशित मुद्रामा सडकमा उत्रिएर त्यसकाे विराेधमा बिहानैदेखि प्रदर्शन सुरु भएको हाे ।

यसअघि सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र देशमा व्याप्त भ्रष्टाचार, कुशासन तथा नेता र उनीहरूका सन्तानको विलासी जीवनशैलीमाथि प्रश्न उठाउँदै जेनजीले सशक्त प्रदर्शनको थालनी गरेकाे बताइएकाे छ । यसलाई युवाहरूले देशको वर्तमान अवस्था विरुद्धको ‘जनआक्रोश’ को संज्ञा दिएका छन् ।

हिँजाेकाे घटनाले युवाहरूमा थप रोष पैदा गरेकाले मंगलबार बिहानैदेखि स्थानीयहरू घरघरबाट निस्कन थालेपछि कलंकी क्षेत्र तनावग्रस्त बनेको छ । यता प्रदर्शन रोक्नका लागि देशभर सुरक्षा व्यवस्था कडा पारिएकाे छ भने उपत्यकाकाे काठमाडाैँ, भक्तपुर र ललितपुरमा बिहानैदेखि कर्फ्यू आदेश जारी गरिएकाे छ ।