Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

काठमाडौँमा बिहानैदेखि कर्फ्यू आदेश जारी

२४ मंगलबार , भाद्र २०८२३ दिन अगाडि

काठमाडौँमा बिहानैदेखि कर्फ्यू आदेश जारी

काठमाडौँमा बिहानैदेखि कर्फ्यू आदेश जारी भएको छ । बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी गरेको हो । कर्फ्यूको आदेश अवधिभर चक्रपथ क्षेत्रभित्र सभा, जुलुस, प्रदर्शान, घेराउ, वैठक लगायतका कार्य गर्न नपाउने बताइएकाे छ ।

प्रशासनले कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव बाहन स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुवाट सहजीकरण हुने बताएको छ।