Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

२३ सोमबार , भाद्र २०८२४ दिन अगाडि

नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौं जिल्ला प्रशासनले काठमाडौंकाे नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू लगाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि उक्त क्षेत्रमा कर्फ्यू लगाइएको हो ।

जेन जी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा गरेको प्रदर्शन हिंसात्मक भएपछि उक्त क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको छ ।

नयाँ बानेश्वर चोकदेखि पूर्व मीन भवन, शान्तिनगर तीनकुनेसम्म, पश्चिमतर्फ बिजुलीबजार पुलसम्म कर्फ्यु लगाएको छ । त्यस्तै बानेश्वर चोकदेखि उत्तरमा रत्नराज्य माध्यमिक विद्यालयसम्म र दक्षिणमा शंखमुल पुलसम्म कर्फ्यु आदेश तोकिएको छ ।