Advertisement Banner
Advertisement Banner

०३ सोमबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

बर्दिवासमा विद्यालय हिँडेका बालक चार दिनदेखि बेपत्ता

२२ आइतबार , भाद्र २०८२एक बर्ष अगाडि

बर्दिवासमा विद्यालय हिँडेका बालक चार दिनदेखि बेपत्ता

विद्यालयमा पढ्न भनेर घरबाट हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता छन् । महोत्तरीको बर्दिवास नगरपालिका–१२, को जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान चार दिनदेखि बेपत्ता भएका हुन् ।  

गत बिहीबार घरबाट साइकल चढेर पढ्न विद्यालय गएका उनी अहिलेसम्म घर नफर्के पछी खोजि सुरु गरिएको छ । बालक बेपत्ता भएपछि परिवारजनले प्रहरीचौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन् ।

इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश बमका अनुसार पीडित परिवारले प्रहरी चौकीमा बालक खोजीका लागि दिएको निवेदनपश्चात् तुरुन्तै सक्रिय भएको प्रहरी टोलीले बालक गौतमको खोजतलास गरिरहेको बताइएको छ ।