Advertisement Banner
Advertisement Banner

०३ सोमबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

इन्द्रजात्राको दोस्रो दिन कुमारी पूजा गरिँदै

२० शुक्रबार , भाद्र २०८२एक बर्ष अगाडि

इन्द्रजात्राको दोस्रो दिन कुमारी पूजा गरिँदै

आज इन्द्रजात्राको दोस्रो दिन काठमाडौँको हनुमानढोका दरबार परिसरमा कुमारी पूजा मनाइएको छ । पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरूको पूजा गरी कुमारी पूजा मनाइएको हाे ।

यसरी कुमारी पूजा गराइ प्रसाद ग्रहण गर्नाले विभिन्न रोगव्याधीबाट बच्न सकिने जनविश्वास समेत रहेकाे पाइन्छ । कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालबालिका निरोगी हुने तथा जीवनमा वाधा अड्चन हट्ने समेत विश्वास रहँदै आएको छ ।

हरेक वर्ष विश्व हिन्दु महासंघको आयोजनामा हनुमानढोका दरबार परिसरमा इन्द्रजात्राको दोस्रो दिन कुमारी पूजा गरिँदै आएको छ । 

विधिवत् रूपमा कुमारीकाे पूजा सकिएपछि सांस्कृतिक बाजागाजासहित कुमारी पूजामा सरिक बालिकाहरूलाई तलेजु भवानीको दर्शन गराई हनुमान ढोका दरबारस्थित मूलचोक, नासल चोक तथा वरपरका देवीदेवताको दर्शन गराइएपछि कुमारी पूजा समापन गरिने परम्परा रहेकाे छ ।