Advertisement Banner
Advertisement Banner

०३ सोमबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

नक्कली कागजात बनाउने तीन जना पक्राउ

१७ मंगलबार , भाद्र २०८२एक बर्ष अगाडि

नक्कली कागजात बनाउने तीन जना पक्राउ

नक्कली कागजात बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा उनिहरूलाई पक्राउ गरेकाे हाे ।

प्रहरीले गोरखा सहिदलखन गाउँपालिका-४ घर भई हाल काठमाडौँ महानगरपालिका-३ बस्ने ४५ वर्षीय अचल लामिछाने, सुर्खेत, विरेन्द्रनगर नगरपालिका-७ घर भई हाल काठमाडौँ धुम्बाराही बस्ने २९ वर्षीय सन्देश गौतम र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-३ घर भई हाल काठमाडौँ गोंगबु बस्ने २१ वर्षीय सविन आलेमगरलाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार उनिहरूलाई एसइई, प्रहरी रिपोर्ट, विभिन्न होटल तथा संस्थामा काम गरेको ‘एक्सप्रेन्स लेटर’सहित नक्कली (कीर्ते)कागजात बनाउने गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएकाे हाे ।

उनिहरूकाे पसलमा भएको कम्प्युटरमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको कीर्ते कागजात फेला परेकाे र उक्त कम्प्युटर बरामद गरी निज तीन जनालाई नियन्त्रणमा लिई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको बताइएकाे छ ।