Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

डिजेल र मट्टीतेलको मूल्य घट्याे

१६ सोमबार , भाद्र २०८२एक बर्ष अगाडि

डिजेल र मट्टीतेलको मूल्य घट्याे

गएराति १२ बजेदेखि लागू हुने गरि डिजेल र मट्टीतेलको मूल्य घटेकाे छ । नेपाल आयल निगमले आइतवार मध्यरातदेखि लागू हुने गरी मूल्य घटाएको हो ।

निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । पेट्रोलको मूल्य काठमाडौँ‚ पोखरा र दिपायलमा १६१ रुपैयाँ, सुर्खेत र दाङमा १६० रुपैयाँ र चार आली‚ विराटनगर, अमलेखगञ्ज, जनकपुर नेपालगञ्ज धनगढी, वीरगञ्जमा १५८‍.५० पैसा यथावत् राखिएकाे छ ।

हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटेको छ । निगमले हवाई इन्धन पोखरा र भैरहवाका लागि ब्रेकइभेन पोइन्ट मूल्य कायम गरिएको जनाएको छ ।