Advertisement Banner
Advertisement Banner

०३ आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

थियाञ्चिनमा भेटवार्ता, भारतमा हलचल

१५ आइतबार , भाद्र २०८२६ महिना अगाडि

थियाञ्चिनमा भेटवार्ता, भारतमा हलचल

भदौ १४ गते, चीनका राष्ट्रपति शी चिनफिङले थियाञ्चिनसमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली चीनमा २०२५ शंघाई सहकार्य संगठन शिखर सम्मेलन र चीनको विश्व जनवादी विरोधी फासिस्ट विजयको ८०औं वार्षिकीको समारोहमा भाग लिन चीन पुगेका हुन् ।

भेटवार्ताका क्रममा राष्ट्रपति शीले चीन र नेपालबीच पहाड–पर्वतले जोडिएका सदियौंदेखिका मैत्रीपूर्ण सम्बन्धलाई उजागर गर्दै दुवै देश शान्ति प्रेमी, आत्मनिर्भर र बलियो राष्ट्रका रूपमा रहेको उल्लेख गर्दै ७० वर्षअघि कूटनीतिक सम्बन्ध स्थापित भएदेखि दुवै देशका जनताले समान भाग्य बाँड्दै एकअर्कालाई समर्थन गर्दै आएका र चीन–नेपाल मैत्रीको ऐतिहासिक अध्याय सँगै लेख्दै आएको बताएका छन्।
यसअन्तर्गत उच्च(गुणस्तरको ‘बेल्ट एण्ड रोड’ सहयोगलाई अगाडि बढाउने, दुवै देशका जनताबीचको परिचय र नजिकको सम्बन्धलाई बढावा दिने र चीन(नेपाल सदियौंको मैत्रीपूर्ण रणनीतिक साझेदारीलाई विकास र समृद्धिको मार्गमा लैजाने चीनको इच्छा रहेको राष्ट्रपति शीले स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल(चीन सम्बन्धले विभिन्न चुनौतीहरूको परीक्षामा उत्तीर्ण हुँदै दीर्घकालीन र दृढ बन्न पुगेको बताएका छन् । उनले दुवै पक्षले सधैं एकअर्कालाई सम्मान गर्दै आएका, एकअर्कामा विश्वास गर्दै आएका र एकअर्काको चासोको ख्याल गर्दै आएको उल्लेख गरेका छन् । चीनसँगको सहयोगले नेपालको आर्थिक विकास र सामाजिक प्रगतिमा ठूलो योगदान दिएको प्रम ओलीले बताएका छन् ।
यो भेटवार्तामा नेपालले लिपुलेक मामिला सम्झाएँदै भनेका छन्– कालीपूर्वका सबै भूभाग नेपालका हुन् । चीनले चुच्चेनक्साका भूभागका विवाद नेपाल र भारतवीचका द्वीपक्षीय मामिला भन्दै आएको छ । ओली र शीवीचको भेटवार्ता र लिपुलेक मामिलाका वार्ताले भारतीय सञ्चारमाध्यममा ठूलो महत्व पाएका छन् । यसबाट भारत सरकार सतर्क भएको हुनसक्छ ।
नेपालले एक चीनका सिद्धान्तलाई दृढतापूर्वक लागू गर्दै आएको, ‘ताइवान स्वतन्त्रता’को कडा विरोध गर्दै आएको र नेपाली भूभागबाट कुनै पनि शक्तिले चीनको हितलाई क्षति पुर्याउन दिएको छैन भनी नेपालका प्रम केपी ओलीले स्पष्ट पारेका छन् । नेपाल लगातार विकास गर्न प्रतिबद्ध छ र चीनसँग सहयोग गहिराउने, ‘बेल्ट एण्ड रोड’ सहनिर्माण, व्यापार, लगानी, कृषि, विज्ञान प्रविधि, पर्यटन, जलवायु परिवर्तनको सामना गर्ने लगायत क्षेत्रहरूमा सहयोग बलियो बनाउने, थप सकारात्मक परिणामहरू सृजना गर्ने अपेक्षा पनि नेपालले राखेको छ ।

नेपालले चीनद्वारा प्रस्तावित तीनवटा वैश्विक पहलकदमीहरूलाई समर्थन गर्ने, शांघाई सहयोग संगठनको भूमिकालाई महत्व दिने, ‘शांघाई भावना’लाई सक्रिय रूपमा कार्यान्वयन गर्ने र चीनले अन्तर्राष्ट्रिय मामिलाहरूमा ठूलो भूमिका खेल्ने अपेक्षा राखेको छ भनेर प्रधानमन्त्री ओलीले जनाए।