Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दाे

१२ बिहिबार , भाद्र २०८२१८ घण्टा अगाडि

जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दाे

देशका विभिन्न स्थानमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाका अनुसार गर्मिमा लामखुट्टे बढेसँगै जापानिज इन्सेफलाइटिस सङ्क्रमण बढेकाे हाे ।  

शाखाप्रमुख डा. अभियान गौतमका अनुसार हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र २० जनाको मृत्यु भएको बताइएकाे छ । डा. गौतमले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको समेत बताएका छन् ।

उनका अनुसार सत्तरी प्रतिशतभन्दा बढी मृत्यु १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको भएको छ भने सङ्क्रमणबाट झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासीपूर्व, चितवन र नवलपराली पश्चिममा मृत्यु भएको हो ।

क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । यसकाे टाेकाइबाट मस्तिष्कमा गम्भीर सङ्क्रमण हुने र बिरामीको मृत्यु समेत हुने गरेको पाइएकाे छ ।