
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादीलाई प्रहरीले कुवेतबाट पक्राउ गरेको हाे ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका सुर्खेत भेरीगंगा नगरपालिका-२, सप्तरी समाझिंघाका कृष्ण सुनारलाई कुवेतबाट पक्राउ गरेर स्वदेश ल्याइएको हो ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा सुनारलाई पक्राउ गरेर हिँजाे बुधवार स्वदेश ल्याइएको जनाएएको छ । निजलाई कसुरबमोजिम कानुनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।