
अहिले देशभरकाे माैसम बदली भएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेको हाे ।
अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदलीसँगे बाँकी भूभागमा आंशिक बदली भइरहेको छ । बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराई साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
त्यसैगरि आज राति देशभर साधारणतया बदली रहने छ भने देशका पहाडी भूभागका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशको तराईका भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भएकाले नदीतटीय क्षेत्रका बासिन्दा, पहाडी क्षेत्रमा यात्रा गर्ने तथा तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई विशेष सावधानी अपनाउन अनुराेध गरिएकाे छ ।