Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

आज ऋषिपञ्चमी, सप्तर्षिको पूजा गरी मनाइँदै

१२ बिहिबार , भाद्र २०८२२० घण्टा अगाडि

आज ऋषिपञ्चमी, सप्तर्षिको पूजा गरी मनाइँदै

आज सनातन धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल पञ्चमी, अर्थात् ऋषिपञ्चमी पर्व सप्तर्षिको पूजा-अर्चना गरी मनाउँदैछन् । यस वर्वकाे अवसरमा महिलाहरूले आज दतिवनका ३ सय ६५ डाँठले दाँत माझ्ने र ३ सय ६५ वटा पातले नुहाउने र ३ सय ६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा चाल्नोबाट पानी खन्याई नुहाउने गर्दछन् ।

त्यस्तै बिहान सबेरै उठेर नुहाएर विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने र सप्तऋषिको पूजा गर्ने परम्परा रहेकाे छ । सप्तर्षिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३ सय ६५ को संख्यामा चढाउने गर्दछन भने ऋषिपञ्चमी व्रत महिलाले मात्र गर्ने शास्त्रीय वर्णन रहेको पाइन्छ ।

आज व्रत बसेर पूजापाठ सकेपछि महिलाले कर्कलाको तरकारीसँग भोजन गर्ने परम्परा रहेकाे छ । ऋषिपञ्चमी व्रतकथामा पनि आज विशेषगरी नजोती र नखनी फलेका वस्तु (कन्दमूल) खाने उल्लेख गरिएकाे छ । आज विशेषगरी काठमाडौँको टेकुस्थित ऋषेश्वर, भक्तपुरको दत्तात्रेयलगायत मन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गर्दछ भने देशभरका मठमन्दिरमा पनि मेला लाग्ने गर्दछ ।

विशेष गरेर हिन्दु महिलाहरूले दर खाएर तीजकाे व्रत बस्ने रमाइलाे गर्ने र आज पञ्चमीकाे व्रत सकेपछि तीज पर्व पनि सकिन्छ ।