
मोरङ जिल्लाको कारागार भित्रको शौचालयमा एक महिला बन्दी मृत अवस्थामा भेटिएकी छन् । आज बिहान बराहक्षेत्र नगरपालिका-६, घर भएकी ३२ वर्षीय राधिका भनिने राधा भट्टराई कारागारको शौचालयभित्र मृत भेटिएकी हुन् ।
उनलाई महिला कैदी बन्दी राखिने सेलको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी मोरङले जनाएको छ । २०८० माघ पहिलो साता २ छोरा र छोरीसहित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा हाम फालेकी उनलाई आफ्नै बच्चाको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दा चलाईएको थियो ।
दुई नाबालक सन्तानसहित नहरमा हाम फालेकी उनी र एक बच्चाको उद्धार भएको थियो भने, एक जना बच्चाको मृत्यु भएको थियो । उक्त घटनापछी २०८० माघ ५ गतेदेखि विराटनगरस्थित मोरङ कारागारमा रहेकी उनलाई सुनसरी जिल्ला अदालतले २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजाय सुनाएको थियो ।