
लुम्बिनी प्रदेश सरकारले भदौ ८ गते प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले भदौ ८ गते बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेको ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको हो ।
प्रदेश सरकारले थारु समुदायको बसोवास रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको बताएको छ ।
थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस वर्ष भदौ ८ गते आइतबार परेको छ । बर्का अट्वारी पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने चलन छ भने यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता रहेको छ ।