
आज बिहान बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गलकोट बहुमुखी क्याम्पसको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।
विद्यार्थी बोकेर हरि चौरबाट हटियातर्फ जाँदै गरेको क्याम्पसको ग १ झ ७४३ नं को भ्यान गलकोट नगरपालिका–५, शिवालय मन्दिर नजिकै दुर्घटना भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।
दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमीला विक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिएका छन् ।
दुर्घटनामा घाइते भएका उनिहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण भ्यान दुर्घटना भएको बताइएको छ ।