
नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदतर्फ २ सय ८० जनाका लागि आवेदन माग गरेको छ । निर्देशनालयले आज एक सूचना जारी गर्दै रिक्त अधिकृत (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
सेनाले खुलातर्फ १ सय ४६ जना र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको लागि कोटा छुट्याइएको छ । त्यस्तै महिलाका लागि २४, आदिवासी जनजातिका लागि ३८, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाको आरक्षण कोटा छुट्याइएको छ ।
निर्देशनालयद्धारा जारी सूचना अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ४ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ भने दोब्बर दस्तुर बुझाएर असोज ११ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।