Advertisement Banner
Advertisement Banner

०७ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुल्यो

०६ शुक्रबार , भाद्र २०८२१३ घण्टा अगाडि

सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुल्यो

सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा भर्नाको लागि दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरीले ८ सय ४६ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको हो ।

सशस्त्र प्रहरी बल मानव स्रोत विभागले आज एक सूचना जारी गर्दै नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको हो । जसमा ठूलो संख्यामा जवान, भान्से, कुचीकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको सूचनामा जनाइएको छ ।

सशस्त्र प्रहरी जवानमा ७ सय ८६ जना, भान्से २६, कुचीकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ गरी ८सय ४६ जना माग गरिएको छ । सूचनाअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आगामी असोज ७ गतेसम्म दरखास्त दिन सक्ने बताइएको छ ।