
अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आजकाे खेलमा नेपालले पाकिस्तान शाहीन्ससँग खेल्दैछ । नेपालले आफ्नो अन्तिम खेल आज पाकिस्तान शाहीन्ससँग खेल्न लागेकाे हाे ।
डार्विनमा हुने खेल नेपाली समय अनुसार दिउँसाे सवा ३ बजे सुरु हुने बताइएकाे छ । नेपाल खेलेकाे पाँच मध्ये तीन खेलमा पराजित हुँदा दुई खेलमा जित निकालेको छ भने नेपाल तालिकाको ७औँ स्थानमा रहेकाे छ ।
यसअघि नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । चौथो खेलमा हुबर्ट हरिकेन्स माथि ६६ रनको फराकिलो जित हात पारेको नेपालले पाँचाैं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको थियो ।
यता पाकिस्तान शाहिन्सले भने ५ खेल खेल्दा ३ जित निकालेको छ ।