Advertisement Banner
Advertisement Banner

०३ आइतबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

१५ लाख २३ हजार बोरा रासायनिक मल आयो

०६ शुक्रबार , भाद्र २०८२एक बर्ष अगाडि

१५ लाख २३ हजार बोरा 
रासायनिक मल आयो

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपालस्थित कर्पोरेशनका गोदममा ल्याउनेक्रम सुरु गर्दै आपूर्ति प्रवन्ध मिलाएको छ ।
सूचनाअनुसार कर्पोरेशनले ४ लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डिएपी गरी कूल १५ लाख २३ हजार बोरा रासायनिक मलको आयात गरेको छ । यो मल प्रदेश सरकारसँग सहकार्य गर्दै कोटा प्रणालीमार्फत बितरण गर्न सुरु गर्ने प्रकृया अगाडि बढेको छ । 
साल्ट ट्रेडिङले भनेको छ– “कर्पोरेशनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका तथा कर्पोरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसारको मल बिक्री वितरण गर्न अनुरोध गरिन्छ ।”
यो प्रवन्धले मलको हाहाकारको अवस्था सुल्झिने विश्वास गरिएको छ ।