Advertisement Banner
Advertisement Banner

०७ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सभामुख, पाक सांसद टोली टोली भेट

०५ बिहिबार , भाद्र २०८२२ दिन अगाडि

सभामुख, पाक सांसद टोली टोली भेट

सभामुख सभामुख देवराज घिमिरे र पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
बुधबार सभामुखले सिंहदरबारमा पाकिस्तानी सांसद मुनाजा हसनको टोलीवीच भेटवार्ता भएको थियो । भेटमा नेपालका लागि पाकिस्तानी राजदूतको पनि सहभागिता रहेको थियो ।
पाकिस्तानी संसदीय टोली गत मंगलबार काठमाण्डुमा सम्पन्न भएको हिन्दूकुश हिमालय संसदीय सम्मेलनमा भाग लिन आएको थियो । यो भेटमा सभामुखले  दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे छलफल भएको थियो । जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीलाई साझा एजेण्डा बनाएर अघि बढ्ने कुरा पनि उठेको थियो । दुई देशबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावना रहेको र संसदीय सहकार्य गर्न सकिने विषय पनि उठेको थियो ।
प्रतिनिधिमण्डलकी नेतृ हसनले नेपालले हिन्दूकुश हिमालय ‘पार्लियामेन्टेरियन्स मिट–२०२५’ सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएकी थिइन् ।