Advertisement Banner
Advertisement Banner

०७ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

उपत्यकाका सीडीओ फेरिए

०५ बिहिबार , भाद्र २०८२२ दिन अगाडि

उपत्यकाका सीडीओ फेरिए

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । हिँजाे गृह मन्त्रालयले गरेको निर्णयअनुसार उपत्यकासहित देशका विभिन्न जिल्लामा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो ।

गृह मन्त्रालयले निर्णयअनुसार काठमाडौंका नयाँ सीडीओको जिम्मेवारी छविलाल रिजालले पाएका छन् भने ललितपुरको जिम्मा सहसचिव सुमन घिमिरेलाई दिइएको छ । त्यस्तै भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ ।

यसअघि काठमाडौंको सीडीओ रहेका ऋषिराम तिवारीलाई गृह मन्त्रालय तानिएको छ । गृह प्रशासन सुदृढीकरण तथा नियमित प्रशासनिक प्रक्रिया अनुसार गरिएको सरुवालाई सरकारको नियमित रोटेसनको रूपमा हेरिएको छ ।