Advertisement Banner
Advertisement Banner

०३ आइतबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

मनसुन कमजाेर भएपनि केहि स्थानमा भारी वर्षा हुने

०५ बिहिबार , भाद्र २०८२एक बर्ष अगाडि

मनसुन कमजाेर भएपनि केहि स्थानमा भारी वर्षा हुने

अहिले देशभरकाे मनुसनी गतिविधि कमजाेर हुँदै गएकाे भएपनि केहि स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ सर्दा देशभर मनसुनी गतिविधि कमजोर बनेकाे भएपनि बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको हाे ।  

महाशाखाले मनसुन कमजोर हुँदा देशैभरि अविरल वर्षाको सम्भावना तत्कालका लागि टरेको बताएकाे छ । अविरल वर्षाकाे सम्भावना टरेकाे भएपनि स्थानीय वायु र जलवाष्पको प्रभावले आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रकाे मौसम सामान्यतया सफा रहने बताइएकाे छ ।

दिउँसो बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै देशका अन्य पहाडी भूभागका थोरै स्थान र तराईका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएकाे छ ।

भारी वर्षा हुन सक्ने क्षेत्रहरूमा पहिरो, आकस्मिक बाढी तथा सडक यातायातमा अवरोध आउन सक्ने जोखिम औंल्याउँदै यात्रा गर्दा र खोलानालाको छेउमा रहँदा विशेष सावधानी अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ । अहिले पनि बागमती प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।