
पूर्वी नवलपरासीमा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । संक्रमणबाट पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिकाका-१, पतवारीका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
पूर्वी नवलपरासीको ५२ वर्षीय पुरुषको मृत्यु हुनुका साथै विभिन्न वडामा जापानिज इन्सेफ्लाइटिसका बिरामी देखिएपछि भावित क्षेत्रका १३ जनाको रगत परीक्षण गरिएको बताइएकाे छ । त्यस्तै जापानिज इन्सेफलाइटिस संक्रमण भएकी कावासोतीकाे ४४ वर्षीय महिला र ५१ वर्षका पुरुष भने उपचारपछि निको भएका छन् ।
जापानिज इन्सेफ्लाइटिस रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ भने अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दुख्ने लक्षण देखा पर्दछ । त्यसैले लामखुट्टेको टोकाइबाट चिकित्सकले सुझाव दिएका छन्।
त्यस्तै चितवनमा पनि जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भएको बताइएकाे छ । अहिले उक्त राेगबाट जोगिन चिकित्सकले लामखुट्टेको टोकाइबाट बच्न सुझाव दिएका छन् ।