
अरनिकाे राजमर्ग अन्तर्गत रामेछाप लिखु तामाकोशी गाउँपालिमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध भएको छ । लिखु तामाकोशी गाउँपालिका–७, हलेदेमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध भएको हाे ।
सडक भासिँदा काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन बीच बाटोमा रोकिएका बताइएकाे छ । उक्त अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाे प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जनाएका छन् ।
निरन्तर वर्षाका कारण देशभरका विभिन्न स्थनमा बाढी पहिराेले गर्दा सडक अवरुद्ध हुने गरेकाे छ ।