
अरनिकाे राजमर्ग अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका-६, केराघारीमा भएकाे दुर्घटनामा एकजनाकाे मृत्यु भएकाे छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिएर भएकाे दुर्घटनामा काभ्रेको चौरीदेउराली गाउँपालिका-८, का ३५ वर्षीय रूपेश खरेलको मृत्यु भएको हो ।
पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारि जाँदै गरेको बा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता मीनबहादुर घलेले जानकारी दिएका छन् ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका खरेललाई उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा उनलाई अस्पतालले मृत घोषणा गरेकाे थियाे । ट्रक र चालक, धनुषाको मिथिला नगरपालिका–१० का माधवकुमार बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।