Advertisement Banner
Advertisement Banner

०७ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

दिल्लीकाे मुख्यमन्त्रीमाथि आक्रमण प्रयास

०४ बुधबार , भाद्र २०८२३ दिन अगाडि

दिल्लीकाे मुख्यमन्त्रीमाथि आक्रमण प्रयास

छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीकाे मुख्यमन्त्री रेखा गुप्तामाथि मुख्यमन्त्री निवासमा आक्रमण प्रयास भएको छ । जन सुनुवाइ चलिरहेको बेला मुख्यमन्त्री निवासमै एक जनाले मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रहरीले आक्रमण गर्ने ३५ वर्षीय व्यक्तिलाई हिरासतमा लिएको दिल्लीस्थित भाजपा प्रवक्ता प्रवीण शंकर कपूरले जनाएका छन् । उनका अनुसार मुख्यमन्त्रीलाई  ती मानिसले केही कागजात दिएको र त्यस विषयमा दुई जनाबीच केहीबेर भनाभन भएको त्यसपछि उनले आक्रमण गर्ने प्रयास गरेका थिए ।

आक्रमण गर्ने पनि भाजपा कै कार्यकर्ता भएको जनाइएको छ । रेखा गुप्ता भारतीय जनता पार्टीबाट गत २० फेब्रुअरी २०२५ मा दिल्लीको मुख्यमन्त्रीमा निर्वाचित भएकी थिइन् ।