
आजदेखि दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला च्याम्पियनसिप भुटानमा सुरु हुँदैछ । स्थानीय समय अनुसार दिउँसो ३ बजेबाट खेल सुरु हुन लागेकाे हाे ।
खेलाडी विकास गर्ने मुख्य उद्धेश्य बाेकेकाे साफ च्याम्पियनसिप अन्तर्गतकाे आजकाे पहिलाे खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ । बलियो टोली भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेकाे हाे ।
यता नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले टोली प्रतियोगिताका लागि तयार रहेको बताउँदै राम्रो तयारी गरेकाे र उपाधि जित्नेमा काेशिशमा रहेकाे उल्लेख गरेका छन् । त्यसैगरी नेपालकी कप्तान भूमिका बृढाथोकी सन्तुलित टिम भएकाले जित्नकै लागि मैदान उत्रिने बताइन् ।
यहि भदाै १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान सहभागी रहेका छन् । डबल राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
पहिलाे खेल भारतसँग खेल्ने नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते भुटान र ८ गते बंगलादेशसँग खेल्ने छ ।