Advertisement Banner
Advertisement Banner

०७ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

कोरिया जानका लागि एकलाख बढिकाे आवेदन

०४ बुधबार , भाद्र २०८२३ दिन अगाडि

कोरिया जानका लागि एकलाख बढिकाे आवेदन

वैदेशिक राेजगारीका लागि दक्षिण कोरिया जान १ लाख बढिले आवेदन दिएका छन् । सन् २०२५ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जान १ लाख ३ हजार जनाले आवेदन दिएका हुन् ।

दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले (इपिएस) अन्तर्गत सन् २०२५ का लागि ५ हजार ३ सय जनाका आवेदन माग गरेकोमा उक्त सङ्ख्यामा आवेदन परेको हो ।​ इपिएस शाखाले कोरिया भाषा परीक्षाका लागि गत साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन खुला गरेको थियो ।

दक्षिण कोरिया जानका लागि आवेदन खुला गरेकाे पहिलो दिनमै १८ हजार ८ सय ८८ जनाले आवेदन दिएका थिए । पहिलो चरणको भाषा परीक्षामा उत्तीर्ण संख्या ५ हजार ३ सय जना रहेकाेमा उत्पादनमूलक क्षेत्रतर्फ ३ हजार ५ सय तथा कृषि पशुपालन क्षेत्रतर्फ १ हजार ८ सय जनाकाे आवेदन मागिएकाे हाे ।

कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या घटबढ हुनसक्ने उल्लेख गरिएकाे र एक जना व्यक्तिले एउटा क्षेत्रका लागि मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएकाे छ ।