
भोलि भदौ ४ गते कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
कर्णाली प्रदेश सरकारले भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएको बताइएको छ ।
भोलि प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरेको छ ।