Advertisement Banner
Advertisement Banner

०७ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

करेन्ट लागेर झापामा एक वर्षमा १५ जनाको मृत्यु

०३ मंगलबार , भाद्र २०८२४ दिन अगाडि

करेन्ट लागेर झापामा एक वर्षमा १५ जनाको मृत्यु

झापामा करेन्ट लागेर एक वर्षमा १५ जनाको मृत्यु भएकाे छ । जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत् प्रवाह चुहावट भएर आर्थिक वर्ष २०८१/८२ मा झापामा करेन्ट लागेर १५ जनाको ज्यान गएको हाे ।

गत साउन महिनामा मात्रै जिल्लामा करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए । गत चार महिनामा जिल्लामा करेन्ट लागेर १० जनाको मृत्यु भएको र मृत्यु हुनेमा अधिकांश विद्युतसम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दा रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जनाएका छन् ।

करेन्ट लागेर मृत्यु हुनेमा धेरैजसाे मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने लगायतका रहेकाे छन् । अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान नभएकाे र अपूर्ण ज्ञान र सतर्कताको कमीका कारण करेन्ट लागेर मानिसले अकालमै ज्यान जाने गरेकाे पाइएकाे छ ।