Advertisement Banner
Advertisement Banner

०७ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

१ लाख पुरस्कार भएको ‘मिसेस पुर्बेली आइकन’को दोश्रो अडिसन सम्पन्न

०३ मंगलबार , भाद्र २०८२४ दिन अगाडि

१ लाख पुरस्कार भएको ‘मिसेस पुर्बेली आइकन’को दोश्रो अडिसन सम्पन्न

इटहरीर ‘मिसेस पुर्बेली आइकन’ को दोश्रो अडिसनबाट ४ जना फाइनल प्रतिष्पर्धाको लागि छनौट भएका छन् । कोशी प्रदेशमा आयोजना भइरहेको विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आईकन’ प्रतियोगिताको पहिलो संस्करण गएको वर्ष सफलताका साथ सम्पन्न भएको थियो । ओपन स्पेस प्रालीको आयोजनामा हुने यो प्रतियोगिताको दोश्रो अडिसनमा १५ जना सहभागी थिए ।

डिजिटल अडिसनबाट फिजिकल अडिसनमा छनौट भएका १५ जना महिलाहरुको अडिसन शनिवार इटहरी अवस्थित फुडसाला क्याफेमा आयोजना गरिएको थियो । आयोजकका अनुसार ४ जना मात्र फाइनल प्रतिष्पर्धामा पुगेकोले अझै केही सिटहरु खाली भएको हुँदा अब डिजिटल अडिसनबाट सिधै फाइनल प्रतिष्पर्धाको लागि छनौट गरिनेछ ।

श्रावणको महिना भएकोले महिला दिदीबहिनीहरू पारिवारिक माहौलमा रामाउने हुँदा सबैलाई टाढा टाढाबाट फिजिकल अडिसनका आउन असम्भव भएपछि डिजिटल अडिसनको शैली अपनाईएको आयोजक संस्थाका सञ्चालक सरोज श्रेष्ठले जानकारी गराए । प्रतियोगिता विवाहित महिलाहरुको सौन्दर्य मात्रै नभएर महिला सशक्तीकरणको एउटा माध्यमको रुपमा स्थापित गर्न खोजिएको आयोजकको भनाई छ ।

अडिसनमा सहभागी हुन २० वर्ष भन्दा माथी उमेर भएको र विवाहित महिला हुनुपर्ने छ भने कोशी प्रदेशका जुनसुकै ठाउँबाट पनि सहभागीता जनाउन सकिनेछ । उचाई र मोटाईको भने कुनै हद तोकिएको छैन् । अडिसन पश्चात् छनौटमा परेका प्रतिष्पर्धीहरुलाई विभिन्न प्रशिक्षण तथा सौन्दर्यता, ज्ञानवर्धक र र्याम्प वाल्कको तालिमहरु समेत प्रदान गरिनेछ । विजेताले १ लाख नगद सहित अन्य थुप्रै उपहारहरु पाउनेछन् । ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ग्राण्ड फिनाले असोजको पहिलो हप्ता इटहरीमै हुने आयोजकले जनाएको छ ।