Advertisement Banner
Advertisement Banner

०७ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

महाकाली राजमार्ग सञ्चालनमा

०२ सोमबार , भाद्र २०८२५ दिन अगाडि

महाकाली राजमार्ग सञ्चालनमा

दार्चुलाको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । पहिरोको कारण अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको हो ।

अविरल वर्षाका कारण महाकाली राजमार्गको गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–३, तेर्छालेक र शैल्यशिखर नगरपालिका–६, को रनेबासमा पहिरो खसेको थियो । उक्त

पहिरो पन्छाइएसँगै राजमार्ग बिहान ११ बजेदेखि यातायात सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिएका छन् ।

अहिले राजमार्ग खुलेसँगै बन्द रहेको सवारी आवागमन सञ्चालनमा आएको र सवारी साधन सञ्चालन आएसँगै अलपत्र यात्रु आ–आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीको भनाई रहेको छ ।