Advertisement Banner
Advertisement Banner

०७ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

जगरनाथ मेलम्ची खानेपानीको कार्यकारी निर्देशकमा नियुक्त

०२ सोमबार , भाद्र २०८२५ दिन अगाडि

जगरनाथ मेलम्ची खानेपानीको कार्यकारी निर्देशकमा नियुक्त

मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरिएको छ । दासलाई मन्त्रिस्तरीय निर्णयअनुसार कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, जनकपुरका कार्यालय प्रमुखका रूपमा कार्यरत जगरनाथले आइतबार कार्यकारी निर्देशकको पदभार ग्रहण गरेका छन् । त्यस्तै मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक ई. रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको बताइएको छ ।

विभागको परिवर्तित स्थायी संरचना अनुसार तीन जना उपमहानिर्देशकको दरबन्दी रहेकामा हाल तीनै पदमा नियुक्ति गरिएको हो । यता पछिल्लो समय खानेपानी मन्त्रालयमा कर्मचारी व्यवस्थापनसम्बन्धी निर्णयलाई लिएर विवाद बढ्दो छ ।

मन्त्री प्रदीप यादवले एक दर्जनभन्दा बढी सहसचिवलगायतका कर्मचारीहरूको सरुवा हतारमा गरेको आरोप छ भने क्षेत्रीय स्तरका आयोजनामा सहसचिवको दरबन्दीमा निमित्त पठाउँदै मन्त्री यादवले रातारात निर्णय गरेका थिए । 

सहसचिवहरूलाई आयोजनामा थन्क्याएर उपसचिवस्तरका कर्मचारीलाई क्षेत्रीय प्रमुख बनाइएको विषयलाई लिएर मन्त्रालयभित्र चर्को विवाद र बहस भइरहेको छ ।