Advertisement Banner
Advertisement Banner

०७ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध

०२ सोमबार , भाद्र २०८२५ दिन अगाडि

गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध

लगातार वर्षाका कारण गुल्मीको मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डको रेसुङ्गा नगरपालिका‐१३, स्थित भँगारी खोलामा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध बहेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार उक्त सडक अन्तर्गत भँगारी खोलाको नजिकै सडकमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको बताइएको छ । सदरमुकाम तम्घास नजिकै रहेको उक्त सडक खुलाउन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताएका छन् ।

रेसुङ्गा नगरपालिकाले सडकमा थुप्रिएको पहिरो हटाउनका लागि उपकरण पठाइसकेको भएपनि सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनहरुबीच बाटोमै रोकिएका छन भने अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।