Advertisement Banner
Advertisement Banner

०७ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

चोरीएका ४१ वटा सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

०२ सोमबार , भाद्र २०८२५ दिन अगाडि

चोरीएका ४१ वटा सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त चाेरी भएका सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हाे ।

कार्यालयले १९ मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जनाएका छन् । उनले सवारी धनीको निवेदनका आधारमा खोजी गरेर सम्बन्धित व्यक्तिलाई हस्तारण गरिएको बताएका हुन् ।

प्रहरीका अनुसार खोजी गर्ने क्रममा केहीमा सोही नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको पाइएको थियाे । सवारीसाधन काठमाडौँ उपत्यकाका जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, चापागाउँ, नयाँबानेश्वर, हात्तीसार, एयरपोर्ट, सिफल, पुरानो बसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार, नयाँबसपार्क, बालाजुलगायतका स्थानबाट फेला पारिएको बताइएकाे छ ।