Advertisement Banner
Advertisement Banner

०३ आइतबार, श्रावण २०८३17th July 2026, 11:28:32 pm

जलवाष्पयुक्त हावा भित्रिँदै, मनसुन केही कमजोर

०२ सोमबार , भाद्र २०८२एक बर्ष अगाडि

जलवाष्पयुक्त हावा भित्रिँदै, मनसुन केही कमजोर

अहिले बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम रहेता पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम रहेता पनि मनसुन कमजोर बनेको हाे ।

हाल देशभरकाे माैसम साधारणतया बदली हुनुका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । त्यस्तै कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएकाे छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई र पहाडी भूभाग लगायत देशको बाँकी पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे पनि महाशाखाकाे भनाइ रहेकाे छ । 

त्यस्तै लुम्बिनी प्रदेशको तराई, कोशी प्रदेश र बाग्मती प्रदेशको पहाडी भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।