
गएको बैशाखदेखि साउन ३१ गतेसम्मको चार महिनाको अवधिमा २ हजार ८ सय ५३ वटा विपद्का घटना घटेका छन् । चार महिनामा बढी, पहिरो,आगलागी लगायतका विभिन्न विपद्को घटना घटेका हुन् ।
साउन ३१ गतेसम्मको चार महिनामा देशभर घटेका घटनामा परेर १ सय २६ जनाको निधन भएको छ भने ५ सय ८५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता भएका छन् भने ५ हजार ४१ परिवार प्रभावित भएका छन् ।
जसमा बाढीका कारण २ सय १६, पहिरोका कारण ३ सय १७, भारी वर्षाका कारण २ सय २१, चट्याङका २ सय ४५, सर्पदंशका ७७ घटना घटेका थिए । त्यस्तै आगलागीका १ हजार १ सय १४, डढेलोका १ सय ५८, हुरीबतासका २ सय ७७, जनावर आक्रमणका १ सय ७२, लेक लागेको ४६, भूकम्पका ५, डुङ्गा पल्टेर २, असिना हुरी र अन्यका १–१ वटा विपद्का घटना घटेको हो ।
गत साउन ३१ गते मात्र आगलागीका ७, बाढी १, पहिरोका ८, अविरल वर्षा ४, जनावर आक्रमणका ३ घटना घटेको प्राधिकरणले जनाएको छ । उक्त विपद्मा परेर १ जनाको ज्यान गएको र ३८ लाख ४० हजार बराबरको क्षेती भएको बताइएको छ । विपद्का कारण प्रभावित भएकाको खोज, उद्धार र राहतका लागि १ सय ४० प्रहरी परिचालन गरिएको पनि प्राधिकरणले जनाएको छ ।