Advertisement Banner
Advertisement Banner

०७ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नारायणगढ-मुग्लिन सडकमा सुक्ख पहिराे

०१ आइतबार , भाद्र २०८२६ दिन अगाडि

नारायणगढ-मुग्लिन सडकमा सुक्ख पहिराे

नारायणगढ-मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडक खण्डकाे चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोला नजिकै सुक्ख पहिराे खस्दा सडक अवरुद्ध बनेको हो ।

दुईवटा ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको भएपनि पहिराे निरन्तर खसिरहेकाे जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जनाएका छन् । उक्त स्थानमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको पनि खनालले जनाएका छन् ।

चट्टानसहितको पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटैमा रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । उक्त सडक खण्डकाे तुइनखोला नजिकै गत साउन ४ गते दिउँसो नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको एउटा कारमा ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका थिए ।